ताजा समाचार

संसद्को मार्ग पछ्याउँदै महिला नेतृ – Pardafas

मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। दलहरू धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन्।

प्रतिनिधि सभा प्रत्यक्षमा महिला सहभागिता बढाउनुपर्ने आवाज जोडदारसाथ उठ्दै आइरहेको छ। नेपालको संविधानले पनि महिलालाई न्यूनतम रूपमा ३३ प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने व्यवस्था गरेको छ। तर, दलहरूले महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरिररहेको देखिन्छ।

सीमित महिला नेतृहरू मात्र प्रतिनिधि सभा प्रत्यक्षमा उम्मेदवार सिफारिस भएका छन्। केही आफू उम्मेदवार सिफारिस हुने र टिकट पाउने आशमा चुनावी कसरतमा छन्। यहाँ हालसम्म विभिन्न दलबाट प्रतिनिधि सभा प्रत्यक्षमा उम्मेदवार सिफारिस भएका र हुने दाबी गरिरेहका तिनै महिला नेतृहरूको विषयमा संक्षिप्त चर्चा गरिएको छः

आरजु राणा देउवा

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको नाम अहिलेसम्म तीन क्षेत्रबाट सिफारिस भएको छ।

राणालाई कैलाली–५ र बाँके–३ बाट प्रत्यक्षमा लड्न सक्ने गरी उम्मेदवार सिफारिस गरिएको छ।

कैलाली–५ बाट राणाको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने बाँकेको क्षेत्र नम्बर ३ बाट उनीसहित उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री किशोरसिंह राठौरको नाम सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

यस्तै कांग्रेस डडेल्धुराले राणालाई प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि पनि सर्वसम्मत सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र समानुपातिकमा उनकी पत्नी राणाको नाम सिफारिस गरेको हो।

राणा २०७० सालको चुनावमा डडेल्धुराबाट समानुपातिकतर्फबाट संविधान सभा सदस्य बनेकी थिइन्। त्यसपछि २०७४ सालको निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्षमा लडेकी राणा एमाले उम्मेदवार नारदमुनि रानासँग हारेकी थिइन्। रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत ल्याएकी थिइन्।

डिला संग्रौला पन्त
२०७४ को निर्वाचनमा समानुपातिकबाट सांसद बनेकी डिला संग्रौलाले पनि यसपटक आफू प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने बताएकी छन्।

मोरङको ६ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा उम्मेदवार बन्न नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, डिला संग्रौला र रमेशजंग रायामाझीले पार्टीमा आवेदन दिएका छन्।

बिना मगर

नेकपा माओवादी केन्द्रले पूर्वमन्त्री बिना मगरलाई कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको उम्मेदवारका लागि एकल नाम सर्वसम्मत सिफारिस गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी मगरलाई माओवादीको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीले सिफारिस गरेको हो।

माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य रहेकी मगर २०७० सालमा दोस्रो संविधान सभा सदस्यमा पराजित भएकी थिइन्।

२०७४ सालमा भने निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार दिवान सिंह विष्टलाई दोब्बर मतले पराजित गर्दै निर्वाचित भएकी थिइन्।

दुर्गा पौडेल
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट चुनाव लड्ने भएकी छन्।

जनमोर्चा संसदीय बोर्डको बैठकले उपाध्यक्ष पौडेललाई प्युठानबाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।

पवित्रा निरौला
बहालवाला प्रतिनिधि सभा सांसद पवित्रा निरौला खरेल झापा २ बाट उम्मेदवार सिफारिस भएकी छन्।

क्षेत्रीय कमिटीले पूर्वकानुनमन्त्री खरेल, प्रदेश इञ्चार्ज देवराज घिमिरे, वहालवाला सांसद पवित्रा निरौला खरेल र बिर्तामोड नगरका पूर्वमेयर ध्रुव शिवाकोटीको नाम सिफारिस गरेको हो।

कोमल वली
निवर्तमान राष्ट्रिय सभा सदस्य कोम वली दाङ–३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएकी छन्।
नेकपा एमाले क्षेत्रीय कमिटीले उपाध्यक्ष युवराज ज्ञवालीसहित केन्द्रीय सदस्यद्वय घनश्याम पाण्डे र कोमल वलीको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए।

इन्दिरा पन्त

एमालेकी युवा नेतृ इन्दिरा पन्त काठमाडौं महानगरपालिकाको मेयरको दाबेदार थिइन् । उपमेयर भए पनि उनी उठ्न तयार थिइन् । तर, पार्टीले नयाँ फेस ल्याएपछि उनी काठमाडौं ७ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको दावेदार हुन् । क्षेत्रीय कमिटीबाट उनको नाम सिफारिस भइसकेको छ ।

मञ्जु चौधरी

पूर्वशहरी विकासमन्त्री मञ्जु चौधरी उदयपुर १ बाट तेस्रोपटक चुनावी प्रतिस्पर्धामा उत्रिँदैछिन् । २०७० मा निर्वाचित चौधरी २०७४ मा हालका परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग ३ सयभन्दा कम मतान्तरमा पराजित भएकी थिइन् । यसपटक उनी एमालेबाट उम्मेदवारको आकांक्षी छन् ।

शिवमाया तुम्बाहाङ्फे
मोरङ–१ बाट स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाङ्फे उम्मेदवार सिफारिस भएकी छन् । तुम्बाहाङफे पूर्वउपसभामुख र पूर्वमन्त्री पनि हुन्।
सो क्षेत्रबाट तुम्बाहाङ्फेसहित सांसद घनश्याम खतिवडा, अग्नि भट्टराई, राजेन्द्र पौडेल र रुद्र तामाङ प्रतिनिधि सभा खुल्लातर्फ उम्मेदवारका लागि सिफारिस भएका छन्।

उषाकला राई

प्रदेश १ की पूर्व सामाजिक विकासमन्त्री तथा एमाले पोलिटब्यूरो सदस्य उषाकला राई पनि प्रत्यक्ष उम्मेदवारको आकांक्षी हुन् । २०६४ सालमा संविधान सभा सदस्य बनेकी राई हाल प्रदेश सभा सदस्य छिन् । अहिलेसम्म समानुपातिकबाट मौका पाइरहेकी राई खोटाङबाट प्रतिनिधि सभा सदस्यको आकांक्षी हुन् ।

शान्ता चौधरी र गंगा थारू

नेकपा एमालेले दाङ–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
एमालेका तर्फबाट रेवतीरमण शर्मा, शान्ता चौधरी र गंगा थारूको नाम सिफारिस भएको हो।

शान्ता चौधरी एमालेकी सचेतक हुन् भने गंगा थारू पनि सांसद हुन्।

रेखा थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ–३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिस गरेको छ।

प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिश गरेको राप्रपाले पहिलो नम्बरमा थापाको नाम उल्लेख गरेको छ।

राप्रपा बेलबारी नगरका अध्यक्ष नगेन्द्र कार्कीका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ थापा र अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो।

उनका अनुसार पार्टीले थापा र अधिकारीको नाम सिफारिस गरेको र उनीहरू तालमेल भए पनि नभए पनि चुनाव लड्ने बताए।
मिस कोशीको उपाधि जितेर नेपाली सिने क्षेत्रमा अघि बढेकी रेखा कुनैबेला माओवादीमा थिइन्। पछिल्लोपटक राप्रपा प्रवेश गरेकी उनी महाधिवेशनमा महामन्त्रीमा लडेकी थिइन्।

तर नेतृ कुन्ती शाहीसँग उनी पराजित भएकी थिइन्।

खुस्बु ओली

पूर्वमोडल खुस्बु ओली झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको उम्मेदवार सिफारिस भएकी छन्।

क्षेत्रीय समितिले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फ उनलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो।

विभिन्न गैरसरकारी संस्थामा परामर्शदाताका रूपमा कार्यरत झापाकी खुस्बु दुई महिनाअघि राप्रपा प्रवेश गरेकी थिइन्। उनी अहिले राप्रपामा केन्द्रीय प्रशिक्षकको जिम्मेवारीमा छिन् ।

अक्सफोर्ड विश्वविद्यालयबाट राजनीतिशास्त्र अध्ययन गरेकी खुस्बु एसियन फुटबल कन्फेडेरेसन ड्रिम एसिया अवार्डबाट सम्मानित भइसकेकी थिइन्।

खुस्बु प्रहरीसँगको मुठभेडमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ’चरी’की पूर्वप्रेमिकासमेत हुन्।

यसबाहेक,
सुनसरी–३ बाट भगवती चौधरी र धनुषा–३ बाट जुलीकुमारी महतोको नाम सर्वसम्मत सिफारिस गरेको छ । एमालेबाट थुप्रै महिला नेताहरू चुनाव लड्ने तयारीमा छन् ।

सुनसरी–३ मा ०७४ को निर्वाचनमा पराजित भएकी चौधरी यसपटक त्यसको बदला लिने दाउमा छिन् । त्यसबेला उनी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् । उनी ०६४ र ०७४ मा समानुपातिकतर्फ सांसद् बनेकी थिइन् । कांग्रेसमा पनि थुप्रै महिला नेताहरू प्रत्यक्षतर्फ चुनाव लड्ने दौडमा छन् ।

कांग्रेसबाट महालक्ष्मी उपाध्याय (मकवानपुर–२) सर्वसम्मत उम्मेदवार सिफारिस भएकी छन् । उपाध्याय ०७४ को निर्वाचनमा सो क्षेत्रबाट पराजित उम्मेदवार हुन् ।

माओवादी केन्द्रले सुनसरी–२ बाट रामकुमारी चौधरीको नाम सर्वसम्मत सिफारिस गरेको छ । ०७४ मा समानुपातिकतर्फ निर्वाचित उनी दुई पटक राज्यमन्त्री भइसकेकी छिन् भने संसद्मा पार्टीको सचेतकसमेत भइन् ।

सर्वसम्मत सिफारिस भएकाबाहेक पनि थुप्रै महिला नेतृहरू उम्मेदवार बन्न आकांक्षी छन् । एमालेबाट विद्या भट्टराई (कास्की–२), विन्दा पाण्डे (नुवाकोट–१), निरुदेवी पाल (कञ्चनपुर–३), नवीना लामा (काभ्रे–१) र पद्मा अर्याल (स्याङजा– २) समेत चुनाव लड्ने तयारीमा छन् ।

त्यस्तै कांग्रेसबाट पुष्पा भुसाल (अर्घाखाँची), सीता गुरुङ (तेह्रथुम), चित्रलेखा यादव (सिरहा–१), अम्बिका बस्नेत (काठमाडौं–३), किरण यादव (महोत्तरी–२), किरण कोइराला (बाँके–२), सुजाता परियार (इलाम), चम्पादेवी खड्का (बागलुङ–१), मुक्ताकुमारी यादव (धनुषा–२), सरिता प्रसाईं (झापा–२), महेन्द्रकुमारी सुब्बा (झापा–५), प्रतिमा गौतम (काठमाडौं–२), नानु बाँस्तोला (काठमाडौं–९), लक्ष्मी खतिवडा (सुनसरी–१), मीना सुब्बा (सुनसरी–१), धना खतिवडा (ललितपुर–२), सुशीला थिङ (सिन्धुली–२), अञ्जली श्रेष्ठ (चितवन–३), सपना जोशी (काठमाडौं–८), ईश्वरी न्यौपाने (कैलाली–१) र आशा विक (बाँके–३) उम्मेदवारका लागि सिफारिस भएका छन् ।

माओवादी केन्द्रबाट पम्फा भुसाल (ललितपुर–३), कमला रोका (रुकुमपूर्व), धर्मशिला चापागाईं (झापा–४), जयपुरी घर्ती (रोल्पा), ओनसरी घर्ती (रोल्पा), अञ्जना विशंखे (काठमाडौं–१०), रेखा शर्मा (दाङ–२), अमृता थापामगर (स्याङ्जा–१), पूर्णकुमारी सुवेदी (बाँके–२), सत्य पहाडी (डोल्पा) र यशोदा गुरुङ सुवेदी (मनाङ)लगायत प्रत्यक्षतर्फ उम्मेदवारका लागि दाबी गरिरहेका छन् ।

यसैगरी एकीकृत समाजवादीबाट पार्टी सचिवसमेत रहेकी निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्री गुल्मी–२ बाट उम्मेदवारका लागि दाबी गरिरहेकी छन्।

 

 

 

(Source: PardaFas.Com)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob