ताजा समाचार
सेनाको संयोजनमा आयोजित ‘लिगलिगकोट म्याराथन’को प्रथम उपाधि त्रिभुवन आर्मीका तीर्थबहादुर तामाङलाई
गोरखा जिल्लाका तीन स्थानीय तहको संयुक्त आयोजना र नेपाली सेनाको संयोजनमा गोरखामा सम्पन्न राष्ट्रव्यापी म्याराथनको प्रथम उपाधि नेपाली सेना, त्रिभुवन आर्मी क्लब (भवानीदल गण)का धावक जम तीर्थबहादुर तामाङले जितेका छन्।
शुक्रबार गोरखामा भएको ‘दोस्रो लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुल्ला म्याराथन दौड प्रतियोगिता, २०७९’ को प्रथम तामाङले हात पारेका हुन्।
उक्त प्रतियोगितमा गोरखाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजना र नेपाली सेनाको संयोजनमा सञ्चालन भएको हो।
म्याराथनको रूट लिगलिगकोट–आँपपिपल भञ्ज्याङ्ग–चित्रेपोखरी–छोप्राक–चोरकोटे–छेवेटार–पस्लाङ–ठूलो आँगन हुँदै गोरखा दरबारसम्म रहेको थियो। दौडको जम्मा दूरी ४० किलोमिटर रहेको थियो।
(Source: PardaFas.Com)