ताजा समाचार

भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी

भारतीय स्थल सेना अध्यक्ष जनरल मनोज पाण्डे नेपाली सेनाको मानार्थ महारथी पदवीबाट विभूषित भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आइतबार नेपालकाे पाँच दिने भ्रमणमा  आएका सेनाध्यक्ष पाण्डेलाई सोमबार नेपाली सेनाकाे परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच मानार्थ महारथी पदवी प्रदान गरेकी हुन् ।

त्यस अवसरमा सेनाध्यक्ष पाण्डेलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिएकाे छ ।

नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ ।
२००७ मा भारतीय सेनाका फिल्ड मार्शल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको थियो ।
२०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ महारथी विभूषित गरिएको थियो।

अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाएका थिए ।

सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो ।
हालसम्म भारतका २२ र नेपाली सेनाका १७ जना सेनापतिले यस्तो सम्मान प्राप्त गरिसकेका छन् ।

दुवै सेनाबीच सहअस्तित्व र समानता छ

नेपाल र भारतबीचको विशिष्ट एवं बहुआयामिक सम्वन्धको परिप्रेक्ष्यमा दुवै देशका सेनाबीच आपसी सहअस्तित्व र समानतामा आधारित प्रचलनले समग्रमा नेपालको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा प्रवर्द्धन तथा सामरिक प्रतिरक्षामा समेत योगदान पुग्ने सैनिक प्रवक्ता नारायण सिल्वाल बताए । उनले भने “मानार्थ महारथीबाट शुशोभन गर्ने परम्पराले दुई देशबीच सद्भाव र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ तुल्याउन योगदान पुर्‍याउदै आएको छ ।”

नेपाल र भारत दुवै मुलुकले यस्तो सुशोभन कार्यक्रम राष्ट्रपति भवनमै आयोजना गर्ने परम्पराले सहअस्तित्व र समानताका आधारलाई पुष्ट्याइ गरेको छ । केही वर्षअघि भएको नाकाबन्दी खुलाउन सैनिक कूटनीतिमार्फत दुवै देशका सेनाको पहलमा ‘ब्रेक थ्रु’ भएको थियो । प्राकृतिक प्रकोप र भूकम्पका समयमा भारतीय सेनाबाट सक्रियाताका साथ खोज, उद्धार र राहतमा सहयोग प्राप्त हुँदैआएको छ।

नेपाली र भारतीय सेनाबीच सहकार्यका सिलसिलामा विगतदेखि नै एक–अर्का देशमा विभिन्न सेमिनार, तालिम र अभ्यास चल्दैआएको छ । नेपाली सेनाका अनुसार, भारतमा सञ्चालन भएका विभिन्न तालिममा सन् १९८९ देखि हालसम्म दुई हजार चार सय १७ अधिकृत र एक हजार तीन सय ७८ अन्य दर्जाको सहभागिता भइसकेको छ ।

मानार्थ प्रदान गर्ने अद्भूत प्रचलन

सेनाका पूर्वउपरथी हिमालय थापाले दुवै देशका सेनाबीच सुमधुर, सद्भावपूर्ण, सुदृढ र प्रगाढ सम्बन्ध रहेको बताउँछ्न् । रासससँगको कुराकानीमा उनले भने, “सेनाको तालिम र अभ्यासका आधारमा सोच विचार र ‘ग्रुमिङ’को तरिका एकै खालको छ, सेनाको प्रशंसनीय र उत्कृष्ट काम, लगन र प्रतिबद्धताले एक–अर्का देशका सेनापतिलाई मानार्थ सम्मान प्रदान गर्ने अद्भूत प्रचलन रही आएको छ ।”

भारतीय सेनामा ठूलो सङ्ख्यामा नेपाली युवा कार्यरत रहनुले पनि दुई देशबीचको सम्बन्धलाई सरकार र जनस्तरमा समेत सुमधुर तुल्याउन विशिष्ट योगदान पुर्‍याएको छ । भारतीय सेनाले सन् २०१० देखि नेपाली सेनालाई हातहतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, हेलिकप्टर, मोटर र मेडिकल उपकरजस्ता सैनिक सामग्री केही सहयोग र केही ठूलो सहुलियत दरमा सामग्री उपलब्ध गराउँदै आएको छ । सेनाध्यक्ष पाण्डेले साेमबार नेपाली सेनालाई सहुलियतपूर्ण रूपमा चार घोडासहित २२ करोड ३८ लाख रुपैयाँको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका छन् ।

कोरोना सङ्क्रमणले आक्रान्त तुल्याएको समयमा भारतीय सेनाले आइसियु भेन्टिलेटर र अस्पतालका लागि आवश्यक मेडिकल सामग्री पनि सहयोग गरेको थियो । सन् २००३ पछि गठन भएको सुरक्षा मामिलासम्बन्धी नेपाल–भारत परामर्श समूहको बैठकमा भएका सहमतिअनुरुप भारतीयले ती सामग्री नेपाललाई उपलब्ध गराएको हो ।

उक्त बैठकको सुरुआत हुन अघि पनि भारतीय सेनाले हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, हवाई साधन, सवारी साधन, हलेमेट, बुलेटप्रुफ ज्याकेट तथा अन्य सैनिक सामग्रीसमेत उपलब्ध गराएको थियो । सेनाका पूर्वउपरथी जगदिशचन्द्र पोखरेलले भौगोलिक बनावट, खुला सिमाना, सामाजिक एवं सांस्कृतिक समानताका कारण नेपाल र भारतबीच जनस्तरसम्म विशेषखाले प्रगाढ सम्बन्ध रहेको बताए ।

उनले भने, “यस्तो अनुपम र विशिष्ट सम्बन्ध अरु कतै छैन, भए पनि कम छ, भारतीय र नेपाली सेनाबीच आपसी समन्वय र संयुक्त तालिम/अभ्यास हुँदैआएको छ । उनीहरु खासगरी जङ्गल र माउण्टेन वारफेर तथा स्टाफ कलेजको तालिमा आउँछन् ।”

प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले भेट गरिसकेका छन्। नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण, सम्मान गारत निरीक्षण, प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका छन् ।

 

 

(Source: PardaFas.Com)

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob