ताजा समाचार
जनकपुरका दुई युवाको भारतमा अपहरण गरेर हत्या – Pardafas.com
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका दुई युवाको भारतमा अपहरण गरेर हत्या भएको छ। पुस २७ गते घरबाट निस्केका २२ वर्षीय रोहित साह र २३ वर्षीय विष्णु साहको आइतबार बिहान भारतको सीतामढी जिल्लाको बेला थानाअन्तर्गतको पर्सा गाउँमा खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी सुमनकुमार तिम्सिनाले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाको थप अनुसन्धान भइरहेको बताए। उनका अनुसार प्रारम्भिक अनुसन्धानमा अज्ञात समूहले युवाहरूको अपहरणपछि हत्या गरेको खुलेको छ। उनीहरू सामान्य किनमेलका लागि सीतामढी गएको बुझिएको तिम्सिनाले बताए।
घटनास्थलमा मृतक युवाका आफन्त लिएर जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेको उनले जानकारी दिए।
(Source: PardaFas.Com)