खेलकुदताजा समाचार
राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक जस्ताकाे तस्तै पारित
राष्ट्रिय सभाले नागरिकता सम्बन्धी विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि
फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत रूपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रश्ताव बहुमतले पारित भएको घोषणा गरे ।
(Source: PardaFas.Com)