ताजा समाचार

भारतीय नौसेनाको नयाँ युद्धपोत कस्तो छ ? – Pardafas

‘यो पानीजहाजमा तपाईं एक्लै हुनुहुन्छ भने बाटो पत्ता लगाउन सक्नुहुन्छ ?,’ विक्रान्तमा रहेका एक नौसैनिक अधिकारीसँग सोधेँ ।

उनले मुस्कुराउँदै जवाफ फर्काए, ‘अहिले थाहा पाउन थालेको छु तर यति थाहा पाउन पनि २ महिना लाग्यो ।’

शुक्रबारका दिन भारतले आफ्नो सबैभन्दा ठूलो युद्धपोत विक्रान्तलाई नौसैनिक पानीजहाजहरूमा जोडेकाे छ । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक रूपमा त्यो काम गरे ।

संस्कृतमा विक्रान्तको अर्थ हुन्छ – बहादुर । यो बनाउन मात्रै १३ वर्ष लाग्यो । यो पक्रियालाई कमिसनिङ भनिन्छ, त्यसपछि यो पानीजहाजको आईएनएस जोडिनेछ।

भित्र कस्तो छ विक्रान्त ?

यसमा २३ सय कम्पार्टमेन्ट छ र भित्र पस्ने बित्तिकै तपाईं पानीजहाजमा छु भन्ने बिर्सनुहुन्छ । २ सय ६२ मिटर लामो र ६० मिटर अग्लो यो पानीजहाजमा तीव्र गतिको समुद्री लहरले पनि खासै असर गरेको अनुभव हुँदैन ।

जहाजको ठूलो बाटो र भर्‍याङले जोड्छ जसले एक ठाउँबाट दोस्रो स्थानमा जान समस्या हुँदैन । एयर कन्डिसनले बाहिरको गर्मीलाई भित्र आउनबाट रोक्छ ।

विक्रान्त नामबाट परिचित नै हुनुहुन्छ । भारतको पहिलो एयरक्राफ्ट क्यारियरको नाम थियो । त्यसलाई ब्रिटेनको रोयल नेवीबाट किनिएको थियो र १९६१ मा कमिसन गरिएको थियो । सन् १९९७ मा आइएनएस विक्रान्तलाई डिकमिसन गरिएको थियो । यसले सैनिक कारबाहीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

नयाँ विक्रान्तमा १७०० मानिस काम गर्छन् । अहिले भने यसमा २ हजार प्राविधिक काम गर्छन । त्यसको काम केबल बिछ्याउने,पेलिस गर्ने र इन्टेरियरको जस्ता काम गरिरहेका छन् ।

यसपछि हामी जुन कम्पार्टमेन्टमा गयौं त्यसलाई टीसीआर थ्रेटल कन्ट्रोल रूम भनिन्छ ।

वरिष्ठ इन्जिनियर अधिकारी लेफ्टिनेन्ट कमाण्डर साई कृष्णले भने, ‘हामी जहाजको मुटुमा छौं । यहीबाट ग्याँस टरबाइन इन्जिन सञ्चालन हुन्छ । त्यसैको सहयोगले यो एउटा शहर जस्तो पानीजहाज तैरिन्छ ।’

यसको चार वटा इन्जिनले ८८ मेगावाट पावर दिन्छ । यहाँ काम गरिरहेका मानिसले भने यो एउटा शहरका लागि पर्याप्त ऊर्जा हो ।

यसपछिको आउने भागलाई नौसैनिकहरूले  ‘गेले’ भन्छन् । याे एउटा कफी मेसिन हो । सफा कुर्सी टेबल  छ र कैयौं कन्टेनर पनि छ । यो एउटा क्यान्टिन हो । विक्रान्तमा यस्तो ३ वटा ठाउँमा छ । एक अधिकारीका अनुसार यदि तपाईं तीन गेले मिलाउन सक्नुहुन्छ भने एकैपटक ६ सय मानिसलाई खाना खुवाउन सक्नु हुन्छ ।

अघि बढ्दा बायाँतर्फ बस्नका लागि क्वार्टर पनि छ । अहिले यहाँ गद्दाहरूलाई एकसाथ प्लास्टिकमा प्याक गरेर राखिएको छ । मानिस बस्न थाले पनि यसको पनि प्रयोग हुन्छ ।

योसँगै विक्रान्तमा एउटा ठूलो स्वास्थ्य सुविधा पनि छ । यहाँ १६ बेडको अस्पताल छ । अपरेसन थिएटर र ल्याब छ । आइसियू छ र सिटी स्क्यान पनि रहेछ । यहाँ ५ जना असिफर डक्टर  र १५ प्यारामेडिक छन् ।

यो नौसेनाको सबैभन्दा ठूलो स्वास्थ्य सुविधा भएको बताइएको छ ।

यसपछि यस्तो ठाँउ पनि छ जसले पानीजहाजको अनुभूति पनि गराउँछ । तर यो अन्य पानीजहाज जस्तो होइन । यो पानीजहाजमा ३० युद्धक विमान र हेलिकोप्टर राख्न सकिन्छ । हामी अहिले ह्याङगरमा छौं ।

क्षमताको कुरा गर्दा के पनि बुझ्नु आवश्यक छ भने अर्को यस्तो युद्धपोत पनि छ जसमा योभन्दा पनि धेरै विमान राख्न सकिन्छ । जस्तै आईएनएस विक्रमादित्य, ब्रिटेनको नौसेनाको एलिजाबेथले ४० वटा युद्धक विमान बोक्न सक्छ, अमेरिकी नौसेनाको निमित्ज क्लास क्यारियरले ६० भन्दा बढी युद्धक विमान बोक्छ ।

दुई रुसी ‘मिग २९ के’ युद्धक विमान र कामोव ३१ अर्ली बार्निक हेलिकोप्टर युद्धपोतको पछाडिको हिस्सामा राखिएको छ ।

लेफ्टिनेन्ट कमाण्डर विजय शियोरान भन्छन्, ‘यसलाई एउटा पार्किङको रूपमा बुझ्न आवश्यक छ र एउटा टिमले मर्मत र संभारको काम हेर्छ र यसमा रहेको एउटा विशेष लिफ्टले जहाजलाई डेकसम्म ल्याउँछ । जुन यसको ठीक माथि छ ।’

त्यसपछि हामी डेकमा पुग्यौं, यही स्थानबाट विमानहरू उडान भर्ने र अवतरण गर्ने गर्छ । फरकफरक समयमा विक्रान्तबाट फरकफरक विषयको परीक्षण गर्ने गरिएको छ । तर निरन्तरको फ्लाइङ अपरेसनका लागि परीक्षण हुन बाँकी नै छ ।

यो परीक्षण नौसेनाले यही वर्षको अन्त्यसम्म गर्न सक्छ ।

लेफ्टिनेन्ट कमाण्डर सिद्धार्थ सोनी फ्लाइट डेक अफिसर हुन् र एक हेलिकोप्टर पाइलट पनि हुन् । ‘हाम्रो फ्लाइट डेक करिब साढे १२ हजार क्वयार मिटरको अर्थात् साढे २ वटा हकी मैदान जत्रो छ र यसबाट एकैपटक १२ वटा फ्लाइटर प्लेन र ६ वटा हेलिकोप्टर सञ्चालन गर्न सक्छौं । पहिलेको एयरक्राफ्ट क्यारियरभन्दा निकै ठूलो छ र तपाईंसँग धेरै स्थान हुँदा बढी विमान राख्न सक्नुहुन्छ ।’

विक्रान्तको खास विशेषता भनेको रुसी, अमेरिकी र भारतीय विमान एकै ह्यान्डगर राख्न सकिन्छ ।

तर ४५ हजार टनको यो निकै शक्तिशाली युद्धपोत शत्रुपक्षको टार्गेटमा पर्छ । आफ्नो क्यारियर बनाउने समयमा चीनले आफ्नो विमानवहाकलाई किलर हाइपरसोनिक क्षेप्यास्त्र भनेर प्रचार गरेको थियो ।

आफ्नो रक्षा यसले कसरी गर्छ ?

‘यो क्यारियर एक्लै हिँड्दैन । यसको साथ अन्य जहाज पनि हिँड्छ र त्यसले नै यसको पूर्ण रूपमा शक्ति दिन्छ । यसमा युद्धपोत, एन्टी सबमरिन वार फेयरको क्षमता र एन्टी एयरको क्षमता हुन्छ । विक्रान्त आफैंमा रक्षात्मक सुविधायुक्त छ । यो युद्धक विमान र युद्धपोतबीचको समन्वयको विषय हो,’ क्याप्टेन रजत कुमारले भने ।

यहाँबाट निक्लिने  समयमा हामीले लेफ्टिनेन्ट क्याप्टेन चैतन्त्र मल्होत्रासँग भेट्यौं  । उनको टिमले विक्रान्तलाई मौसमको जानकारी दिन्छ । जुन कुनै पनि मिसनको लागि एउटा महत्त्वपूर्ण विषय हो ।

‘उडान र अवतरणको समयमा हावाको गतिको बारेमा जानकारी राख्नु निकै आवश्यक हुन्छ । मेरो टिमकाे भूमिका निकै महत्त्वपूर्ण हुन्छ । हामी लगातार मौसमको फरकफरक अवस्थाको बारेमा जाँच गरिरहन्छौं र मौसमको पूर्वानुमन जारी गर्छौं,’ उनले भने ।

आवश्यकता अहिले सकिएको छैन

अन्य एयरक्राफ्टको फरक यो युद्धपोतको विशेषता भनेको एउटा एयरफिल्डको मिसनको आवश्यकताअनुसार एक स्थानबाट अर्को स्थानमा लैजान सकिन्छ  । विक्रान्त सञ्चालनमा आउँदा भारतसँग दोस्रो क्यारियर हुन्छ ।

तर नौसैनिक के ठान्दछन् भने कम्तीमा पनि अर्को युद्धपोत आवश्यक छ । यसअघिका नौसेना प्रमुखले यस विषयमा स्पष्टसँग आफ्नो धारणा राखिसकेका छन्।

केन्द्रको मोदी सरकारले रक्षा उत्पादनमा आत्मनिर्भर हुने विषयमा निरन्तर रूपमा जोड दिँदै आएकाे छ । तर, तेस्रो क्यारियरका लागि कुन रकम आवश्यक पर्छ त्यो अहिले उपलब्ध गराइएको छैन ।

केही समय पहिलेसम्म विक्रान्तसँग जोडिएका रिटायर्ड भ्वाइस एडमियर एके चावलाले यो विषय निर्णय गर्ने वा छाडिदिनेबीच बाटो लिनुपर्ने बताउँछन् ।

‘८० को दशकमा आर्थिक उदारीकरणका पछि चीनले के बुझ्यो भने बिना नौसैनिक शक्ति नबाउँदासम्म एउटा विश्व शक्तिको रूपमा बन्न सकिँदैन । आज हेर्नुहोस्, त्यो विश्वको सबैभन्दा सशक्त नौसैनिक छ र त्यो निकै गतिका साथ नयाँ एयरक्राफ्ट बनाइरहेको छ । तपाईं रातारात क्यारियर बनाउन सक्नुहुन्न । यसका लागि समय लाग्छ, यस्तैले विक्रान्त जस्तै एउटा अर्को पानीजहाज आयो भने हाम्रो बेडा (जहाजहरूको समूह)लाई रक्षा गर्न सक्छ, निकै परसम्म जान सक्छौं र दुश्मनाकाे जहाजलाई ध्वस्त पार्न सक्छौं ।’

चीनले २०१२ देखि २०२२ बीचको समयमा दुई वटा विमानसलाई कमसिन गरेको छ र तेस्रो तथा अहिलेसम्मको सबैभन्दा ठूलो बनाउने गरी काम गरेको छ । चीनले आफ्नो सैनिकको क्षमता निकै बढाएको छ र अमेरिकालाई पछि छाडेकाे छ ।

 

र अन्तिममा,

जहाजको बाहिर नौसैनिक ब्यान्डले रिहर्सल गरिरहेको थियो । यसको साथ ठूलो क्रेनले गह्रुंगाे सामान उठाउँदा तीव्र रूपमा साइरन बज्छ । सरकारी जहाज बनाउने कम्पनी कोचिन शिपयार्ड लिमिटेड (सीएसएल)ले राहतको सास फेरेको छ ।

सबैभन्दा पहिले सरकारले २००३ मा यो जहाज बनाउन मञ्जुरी दिएको थियो । सन् २००७ मा पहिलो सम्झौतामा हस्ताक्षर भयो । त्यसपछि काम सुरु भयो । तर, जहाज बनाउने दोस्रो चरणमा ढिलो भयो, खासगरी यसमा हतियार तथा प्रोपल्सन सिस्टम र रुसबाट आएको उड्डयन उपकरण गराउने काम गर्दा ।

सीएसएलका अध्यक्ष तथा कार्यकारी निर्देशक मधु नायरका अनुसार यो जहाज बनाउनका लागि १३ वर्ष लाग्यो र त्योभन्दा पनि चाँडो समयमा काम हुनुपर्छ ।

‘१३ वर्ष लाग्नु राम्रो होइन ,हामी योभन्दा राम्रो गर्न सक्छौं । तर, यो पनि बुझ्न आवश्यक छ कि पहिलो पटक हामी यो काम गरिरहेका थियौं । त्यसैले हामी दुखी भने छैनौं ।’

मैले चीनको तीव्र गतिमा बढेको कदमको बारेमा उनको ध्यान आकर्षित गर्दा उनले भने, ‘चीनसँग तुलना गर्ने समयमा हामीले पूरै आर्थिकचक्रको बारेमा पनि सोच्न पर्छ । त्यो ब्रिटेन र अमेरिकाको तुलनामा पनि तीव्र गतिले अघि बढेको छ । ‘

विक्रान्त बनाएपछि शिपयार्ड आफैंमाथि विश्वास पनि बढेको छ । अहिले त्यो अत्यधिक क्षमता प्राप्त गर्नका लागि लगानी गरिरहेको छ ।

‘हामीले नयाँ डकमा लगानी गरिरहेका छौं जसले भारतलाई नयाँ जनेरेसनको एयरक्राफ्ट क्यारियर बनाउन सकौं, यो सन् २०२४ सम्म बनेर तयार हुन्छ । नयाँ क्यारियर बनाउनका लागि चाँडै अनुमति पाउने अपेक्षा गरेका छौं । यस्तो भयो भने हामी चाँडै दिन पनि तयार छौं ।’

विक्रान्तलाई बनाउनका लागि २ खर्ब भारतीय रुपैयाँ खर्च भएकाे छ ।

याे युद्धपोको ७६ प्रतिशत सामग्री भारतमै बन्यो । यसलाई करिब ५ हजार भारतीय कम्पनीले बनायो । नौसैनिक तथा सीएसएल दुवैले यसलाई भारतीय रक्षा क्षेत्रमा भएको लगानीको रूपमा हेरेका छन् । सरकारकाअनुसार जहाज बनाउन लागेको १३ वर्षमा करिब १५ हजारले रोजगारी पाएका छन् ।

डेटालाई अलग राखेर हेर्दा पनि सीएसएलकी जनरल म्यानेजर डिजाइन अन्जना केआरले भनिन्, ‘यो एउटा भावनात्मक यात्राको सुरुवात हो ।सन् २००९ मा म्याटेरिएल विभागमार्फत यसको डिजाइनबाट जोडिएको हो । जहाजका लागि आवश्यक पर्ने कैयौं खरिदमा म संलग्न रहेको थिएँ र म डिजाइन विभागमा पुन आएकी छु  । यो निकै चुनौतीपूर्ण थियो । कहिलेकाँही लाग्थ्यो हामी अघि बढ्न सक्दैनौ तर हामी एकजुट भएर र नौसेनासँग मिलेर काम गर्‍यौं र त्यो कठिनाइको सामना गर्न सक्यौं ।’

सन् २०१३ मा  विक्रान्तलाई पहिलो पटक पानीमा राख्दा हो वा समुद्रमा गत वर्ष भएको ट्रायल अञ्जनाले आमाबुबाले जस्तो धेरै कुरा नजिकबाट नियालेकी छिन् ।

‘यो मेरो छोरीको जस्तै हो, कैयौं वर्षदेखि यहाँ छ । हामीले यसलाई ठूलो बनायौं । पहिले लाइनको डिजाइनमा अब यो पूर्ण रूपमा जवान बनिसकेको छ । अब यो दुनियाँ हेर्न जाँदैछ । यो छोरीको विवाह गरेको जस्तै हो, कोही अरूको हातमा सुम्पिएको जस्तै हो । मेरो अनुभवमा केही यस्तै नै हो । अब उसलाई नौसेनाले राम्रोसँग ध्यानमा राख्नु पर्छ ,’ उनले भनिन् ।

(Source: PardaFas.Com)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

A Friendly Request: Please Consider Disabling Your Ad Blocker

Hello there! I noticed you're using an ad blocker, and while I understand ads can be bothersome, I want to assure you that I don't use any pop-up ads on this site. However, ads are my only source of income, so I kindly ask you to consider disabling your ad blocker. Your support means a lot to me. Thank you! :)
call girls in bangalore aunties onlyporn.mobi 8teensex com فيديو سكس رانيا يوسف arabicaporn.com نيك الخدامه سكس عربى نار datube.org مص زب كس ملظلظ bombaporno.com افلام محارم يابانى xxx om chupaporntube.com xxx hd.com
aizome goro clipxhentai.com kami nomi zo shiru sekai hentai indian desi bhabhi sex with devar page 8 pornborn.mobi mporn indian bp shot open videos ganstagirls.com indian sex movies hindi سكس مياخليفه esarabe.com فيلم برنو كس دم ursextube.com صورسيكس
افلام سكس اجنبي نار ahpornom.net سكس اخ و اخته kamustahan pinoytvpage.com wish ko lang latest episode top indian sex tube vegasmovs.com fuck vidios sex video bombay indiansextube.org x vedios otome ni omakasekkusu nicehentai.com fairy footjob