ताजा समाचार
नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमका बीच उनलाई एमालेमा स्वागत गरे।
एमालेमा प्रवेश गर्दै खनालले आफू एमालेमा प्रवेश गर्न पाउँदा हर्षविभोर भएको बताएका छन्।
यअसघि बुधबार पर्दाफाससँगको कुराकानीमा उनलेआफू कुनै पदको लालसाले राजनीतिमा प्रवेश नगरेको र आफ्नो कार्यसम्पादन र अनुभवअनुसार उचित स्थान पाउनेमा विश्स्त रहेको बताएका थिए।
खनाललाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराउनुअघि बुधबार अफ्नै निवासमा भेटेका थिए । भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी दिने समेत बताएको एमाले निकट स्रोतले जनाएको छ।
(Source: PardaFas.Com)