राजनीति
रास्वपा सांसद कंशाकारले लिइन् सांसद पदको शपथ – Pardafas.com
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदमा सिफारिस भएकी विन्दवासिनी कंशाकारले आज पद तथा गोपनीयताको शपथ लिएकी छन्।
कंशाकारले आज दिउँसो ३ बजे सिंहदरबारस्थित कानुन समितिको हलमा सांसद पदको शपथ लिएकी हुन्। रास्वपाको आदिवासी जनजाति कोटाबाट सांसद पदमा निर्वाचित कंशाकारलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
रास्वपाले कंशाकारलाई हालै समानुपातिक सांसदमा सिफारिस गरेको थियो।
(Source: PardaFas.Com)